बिहीबार, भदौ ११, २०८३

चितवनमा बालिकासहित १२ जनामा कोरोना पुष्टि

चितवनमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

चितवनमा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा ५ वर्षीया बालिकासहित भरतपुर महानगरपालिकाका १२ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा नितु अधिकारीले जानकारी दिइन्।

संक्रमितहरुमध्ये ५ जना पुरुष र ७ जना महिला छन् भने उनीहरु ५ देखि ५५ वर्ष उमेर समूहका छन्। उनीहरु भरतपुर महानगरपालिकाको वडा नम्बर ७, ९, १०, ११ र १२ का हुन् ।

उनीहरुको भरतपुर महानगरपालिकाका क्वारेन्टिन र पुरानो मेडिकल कलेजबाट स्वाब संकलन गरिएको हो। चितवनमा कोरोना संक्रमितको संख्या ३६४ पुगेको छ।

प्रकाशित: Aug 24, 2020| 07:21 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।