बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सेभ द चिल्ड्रेनद्वारा ७ थान आईसीयू भेन्टिलेटर हस्तान्तरण

सेभ द चिल्ड्रेनद्वारा ७ थान आईसीयू भेन्टिलेटर हस्तान्तरण

काठमाडौं– कोभिड–१९ संक्रमण रोकथामका लागि नेपाल सरकारले गरेको प्रयासमा सेभ द चिल्ड्रेनले आइतबार ग्लोबल फन्ड परियोजनामार्फत् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सात थान मेकानिकल भेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको छ ।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

काठमाडौं– कोभिड–१९ संक्रमण रोकथामका लागि नेपाल सरकारले गरेको प्रयासमा सेभ द चिल्ड्रेनले आइतबार ग्लोबल फन्ड परियोजनामार्फत् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सात थान मेकानिकल भेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको छ ।

रु. एक करोड ७५ लाख ३० हजार ५ सय ३७ रुपैयाँ बराबरका ती भेन्टिलेटर कोभिड–१९ संक्रमितको उपचारमा प्रयोग हुनेछ ।

सेभ द चिल्ड्रेन अन्तर्गतको ग्लोबल फण्ड प्रोजेक्टले आइतबार मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच सात वटा भेन्टिलेटर हस्तान्तरण गरेको छ । ग्लोबल फण्ड प्रोजेक्ट तथा सेभ द चिल्ड्रेनको तर्फबाट राजन भट्टराईले ती भेन्टिलेटर मन्त्रालयका कन्ट्री कोअर्डिनेट मेकानिजम (सीसीएम) का अध्यक्ष तथा वरिष्ठ विशेषज्ञ डा. रोशन पोखरेललाई हस्तान्तरण गरेका हुन् । ती भेन्टिलेटरहरु मन्त्रालयको प्राथमिकता अनुसार प्रयोगमा आउनेछन् ।

‘आईसीयू भेन्टिलेटरको अभावलाई सम्बोधन गर्न सेभ द चिल्डे«न अन्तर्गतको ग्लोबल फन्ड प्रोजेक्टमार्फत नेपाल सरकारको कोभिड–१९ संक्रमण रोकथामको प्रयासलाई थप बलियो बनाउन सात थान भेन्टिलेटर उपलब्ध गराएका छौं । यी भेन्टिलेटर खासगरी महिला तथा बालबालिका र पिछडिएको समुदायको स्वास्थ्य उपचारमा प्रयोग हुनेछ,’ सेभ द चिल्ड्रेनका निमित्त डेपुटी राष्ट्रिय निर्देशक विरेन्द्र ठगुन्नाले भने । पछिल्लो समय कोभिड–१९ संक्रमणको दर बढिरहँदा संक्रमितको उपचारका लागि भेन्टिलेटरको माग पनि बढ्दै गइरहेको छ ।

यसैबीच कोभिड–१९ संक्रमण नियन्त्रणको सहयोग स्वरुप सेभ द चिल्ड्रेनले ग्लोबल फन्ड प्रोजेक्टमार्फत नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई पीसीआरको नमुना संकलन कार्यमा प्रयोग हुने सामग्री (पीसीआर स्याम्पल एक्स्ट्राक्सन मेसिन) पनि उपलब्ध गराएको छ । यसका साथै देशभरका परीक्षण ल्याबमा २० हजार थान आरएनए जाँच र २० हजार थान पीसीआर जाँचका लागि उपकरणसमेत उपलब्ध गराएको छ ।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सेभ द चिल्ड्रेन सम्बन्धित संघीय मन्त्रालय तथा स्थानीय तहसँगको सहकार्यमा मेडिकल तथा यसबाहेकका आपूर्ति, क्वारेन्टिन स्थलको व्यवस्थापन, प्रभावकारी सरसफाइ व्यवस्थापनको प्रवद्र्धन र बालबालिका सुरक्षा प्रणाली तथा कोभिड–१९ बाट बच्ने उपाय स्वरुप मिडिया सन्देश प्रवाह गर्ने कार्यमा अग्रभागमा रहेर काम गर्दै आएको छ ।

प्रकाशित: Aug 24, 2020| 05:55 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।