बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाग्मतीमा दैनिक दुई सयभन्दा बढी कोरोना संक्रमित थपिँदै, सातामा १६७५ जनालाई संक्रमण पुष्टि

बाग्मतीमा दैनिक दुई सयभन्दा बढी कोरोना संक्रमित थपिँदै, सातामा १६७५ जनालाई संक्रमण पुष्टि

बाग्मती प्रदेशमा दैनिक दुई सयभन्दा बढी कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिने गरेका छन्।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

काठमाडौं- बाग्मती प्रदेशमा दैनिक दुई सयभन्दा बढी कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिने गरेका छन्।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार गत बुधबारयता दैनिक दुई सय जनाभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भएको छ। गत बुधबार २०९, बिहीबार २०९, शुक्रबार २५०, शनिबार २८७ र आज (आइतबार) २२१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। त्यसअघि गत मंगलबार ३०४ र सोमबार १९५ जनामा कोरोना पुष्टि भएको थियो।

मन्त्रालयका अनुसार पछिल्लो सातामा प्रदेशभर एक हजार ६७५ जनालाई कोरोना संक्रमण देखिएको छ। उक्त अवधिमा काठमाडौंमा मात्रै एक हजार १३ जना संक्रमित थपिएका छन्।

प्रदेशमा अहिलेसम्म कूल संक्रमितको संख्या चार हजार ५४२ पुगेको छ। तीमध्ये ७६६ मात्रै उपचारपछि निको भएका छन् भने तीन हजार ७४५ जना अझै उपचार गराइरहेका छन्।

प्रदेशभर ३१ जना कोरोना संक्रमितको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Aug 23, 2020| 22:41 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।