शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रुकुम पश्चिम सदरमुकामसहित तीन वटा स्थानीय तहमा भोलिदेखि निषेधाज्ञा

रुकुम पश्चिम सदरमुकामसहित तीन वटा स्थानीय तहमा भोलिदेखि निषेधाज्ञा

कोरोना भाइरस संक्रमित बढेपछि रुकुम पश्चिमका तीन वटा स्थानीय तहमा भोलिदेखि निषेधाज्ञा जारी गरिएको छ।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

सुर्खेत- कोरोना भाइरस संक्रमित बढेपछि रुकुम पश्चिमका तीन वटा स्थानीय तहमा भोलिदेखि निषेधाज्ञा जारी गरिएको छ। सदरमुकाम खलंगासहित मुसिकोट नगरपालिका, सानीभेरी गाउँपालिका र आठविस नगरपालिकाको वडा नम्बर १०, ११ र १२ मा निषेधाज्ञा जारी गरिएको हो।

जिल्ला प्रशासन कार्यालय, रुकुम पश्चिमले भोलि (सोमबार) बिहान ४ बजेदेखि १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको जनाएको छ।

निषेधाज्ञा अवधिभर खाद्य, फलफूल र तरकारी पसल भने बिहान ६ देखि ९ बजेसम्म खोल्न पाइने प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिए।

मुसिकोट नगरपालिकामा आज (आइतबार) १८ जना कोरोना संक्रमित थपिएको रुकुम पश्चिमका कोरोना फोकल पर्सन ईश्वर रावलले जानकारी दिए। चौरजहारी पीसीआर प्रयोगशालामा परीक्षण गर्दा मुसिकोट नगरपालिकाका १५ जना र सानीभेरी गाउँपालिकाका तीन जनामा संक्रमण पुष्टि भएको हो।

प्रकाशित: Aug 23, 2020| 20:02 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।