बिहीबार, भदौ ११, २०८३

धरानमा कोरोना संक्रमित ६८ वर्षीय पुरुषको मृत्यु

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६८ वर्षीय एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

काठमाडौं- धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६८ वर्षीय एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार ती पुरुषको अहिले बेलुका ६ बजेर ३५ मिनेटमा मृत्यु भएको हो।

धरान उपमहानगरपालिका ८ सुनसरी घर भएका ती व्यक्तिलाई ३० साउनमा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिएको थियो।

प्रतिष्ठानकै हेल्थ डेस्कमा रहेको समयमा अत्यधिक खोकी, श्वास फेर्न समस्या र ज्वरो आएपछि त्यहाँबाट प्रतिष्ठानको सघन कक्षमा ल्याएर उपचार भइरहेको थियो।

उच्च रक्तचाप, मधुमेह र श्वास प्रश्वास सम्बन्धी समस्या रहेका उनको २९ साउनमा कोभिड १९ को संक्रमण पुष्टि भएको थियो। शवको व्यस्थापन नियमानुसार गर्ने तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ।

प्रकाशित: Aug 23, 2020| 19:40 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।