बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्यकर्मी र राष्ट्रसेवकमाथि दुर्व्यवहार गर्नेलाई तत्काल कारबाही गर्न गृहको निर्देशन

स्वास्थ्यकर्मी र राष्ट्रसेवकमाथि दुर्व्यवहार गर्नेलाई तत्काल कारबाही गर्न गृहको निर्देशन

गृह मन्त्रालयले कोभिड–१९ संक्रमणको जोखिम नियन्त्रण, रोकथाम तथा उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा राष्ट्रसेवकमाथि दुव्र्यवहार गर्नेलाई तत्काल कारबाही गर्न निर्देशन दिएको छ।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

काठमाडौं– गृह मन्त्रालयले कोभिड–१९ संक्रमणको जोखिम नियन्त्रण, रोकथाम तथा उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा राष्ट्रसेवकमाथि दुव्र्यवहार गर्नेलाई तत्काल कारबाही गर्न निर्देशन दिएको छ।

गृह प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले आइतबार बेलुका विज्ञप्ति जारी गर्दैै केही उच्छृंखल व्यक्तिहरुबाट दुव्र्यवहार तथा अपमानित हुने क्रियाकलाप गरेको बुझिएको भन्दै तत्काल कारबाही गर्न मातहतका सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका हुन्।

गृहमन्त्रालयले कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने कार्यमा निरन्तर सहयोगका लागि सबैमा अनुरोध पनि गरेको छ।

संक्रमणको जोखिम कम गर्ने सम्बन्धमा भएका निर्णय र निर्देशनहरु कार्यान्वयनको प्रभावकारिताका लागि ७७ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालयको संयोजनमा संयुक्त अनुगमन टोली परिचालन हुने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रिपरिषद्को निर्णयअनुरुप गृहसचिवको संयोजकत्वमा गठित एकीकृत क्वारेन्टाइन व्यवस्थापन समितिको बैठक बसी उद्धार उडानबाट स्वदेश आउने व्यक्तिहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानमा व्यवस्थापन गर्न क्वारेन्टाइन निर्माण, सञ्चालन तथा व्यवस्थापन प्रक्रिया शुरु गर्ने निर्णय भएको छ।

छिमेकी मुलुकको दक्षिण सीमामा तोकिएको प्रवेश विन्दुबाट आवागमनको अभिलेख राखी व्यवस्थापन गर्ने कार्य भइरहेको छ।

मन्त्रालयका अनुसार मास्क लगाउने, सामाजिक दूरीको पालना गराउने र जनस्वास्थ्य मापदण्डका विषयमा पनि अनुगमन भइरहेको छ।

अहिलेसम्म मास्क प्रयोग नगरेर हिड्ने ४ लाख ६४ हजार २१६ लाई नियन्त्रणमा लिएर तीमध्ये ३ लाख ९० हजार ५४५ लाई सम्झाईबुझाई छोडिएको छ। भने ४२ हजार ६५ लाई मास्क वितरण गरेर छाडिएको छ। त्यस्तै ३१ हजार ६०६ लाई जरिवाना गरेर छाडिएको छ।

हालसम्म अनुमतिबिना उपत्यका प्रवेश गर्न खोज्ने ८ हजार ६२१ सवारी साधन तथा २० हजार ८७६ यात्रुहरुलाई प्रवेश नाकाबाट फिर्ता गरिएको छ।

प्रकाशित: Aug 23, 2020| 19:35 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।