शुक्रबार, भदौ १२, २०८३

सुदूरपश्चिममा थपिए ७५ जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा प्रदेशमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

धनगढी- पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा प्रदेशमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पताल प्रयोगशाला र डडेल्धुरा अस्पताल प्रयोगशालामा भएको परीक्षणमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

डडेल्धुरा प्रयोगशालामा चार सय २० जनाको परीक्षणमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

डडेल्धुरा अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रसाद भुसालका अनुसार अछामको मंगलसेन नगरपालिकाका १७ जना, पञ्चदेवल विनायक नगरपालिकाका ६ जना, डडेल्धुराको गन्यापधुरा गाउँपालिका र अजगमेरु गाउँपालिकाका एक/एक जनामा कोरोना पुष्टि भएको छ।

यस्तै बझाङको केदारस्यूँ गाउँपालिकाका दुई जना, बुंगल गाउँपालिकाका एक जना, दार्चुलाको मालिकार्जुन गाउँपालिकाका एक जना, बैतडीको पाटन नगरपालिकाका दुई जना, सुर्नया गाउँपालिकाका एक जना र जिल्ला अस्पताल बैतडीका एक जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज भुसालले बताए।

यता, धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलाली र कञ्चनपुरका थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४०० जनाको नमूना परीक्षण गरिएकोमा कैलालीका ३२ र कञ्चनपुरका १० जनामा कोरोना पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको गोदावरी नगरपालिकाका पाँच महिला र १० पुरुष गरी १५ जना, धनगढी उप–महानगरपालिकाका चार महिला र चार पुरुष गरी आठ जना, घोडाघोडी नगरपालिका तीन पुरुषमा कोरोना पुष्टि भएको छ।

यस्तै, भजनी नगरपालिका एक महिला र तीन पुरुष गरी चार जना, जोशीपुर गाउँपालिकाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

यस्तै, कञ्चनपुरको पुर्नवास नगरपालिकाका दुई महिला र चार पुरुष गरी ६ जना, कृष्णपुर नगरपालिकाका एक महिला र एक पुरुष गरी दुईजना तथा स्थानीय तह नखुलेका थप दुई पुरुष गरी १० जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए।

प्रकाशित: Aug 23, 2020| 19:05 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।