बिहीबार, भदौ ११, २०८३

कास्कीमा थप पाँच दिन निषेधाज्ञा

कोरोना भाइरस संक्रमण स्थानीय स्तरमा फैलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले थप पाँच दिन निषेधाज्ञा लम्ब्याएको छ।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

पोखरा- कोरोना भाइरस संक्रमण स्थानीय स्तरमा फैलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय, कास्कीले थप पाँच दिन निषेधाज्ञा लम्ब्याएको छ।

पहिलो चरणको निषेधाज्ञा सकिने दिनमा नै जिल्ला प्रशासन कार्यालयले पाँच दिन निषेधाज्ञा थपेको हो। निषेधाज्ञा भदौ १२ गते राति १२ बजेसम्मका लागि थप गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कोरोना कहरको समयमा फ्रन्ट लाइनमा बसेर काम गर्नेहरुमाथि कसैले दुर्व्यवहार गरे कडाभन्दा कडा कारबाही गर्ने निर्णय गरिएको जिल्ला समन्वय समितिका अध्यक्ष बैनबहादुर क्षेत्रीले बताए। उनका अनुसार निषेधाज्ञाको मोडालिटीमा भने परिवर्तन भएको छैन।

बैठकअघि पोखरा महानगरपालिकाले पाँच दिन निषेधाज्ञा थपका लागि जिल्ला प्रशासन कार्यालय, कास्कीलाई प्रस्ताव गरेको थियो।

प्रकाशित: Aug 23, 2020| 18:28 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।