धनगढी- कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कार्यरत थप दुई जना कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।
अस्पतालको प्रयोगशालामा आइतबार भएको परीक्षणमा धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ६० वर्षीया महिला र वडा नम्बर १४ की २७ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो।
उनीहरु दुवै जना अस्पतालको सरसफाइका कर्मचारी हुन्। यसअघि पनि अस्पतालमा सरसफाइ कर्मचारी ४२ वर्षीया महिला पनि संक्रमण देखिएको थियो।
