बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपत्यकामा संक्रमण फैलिँदा स्वास्थ्य मन्त्रालयलाई चिन्ता

उपत्यकामा संक्रमण फैलिँदा स्वास्थ्य मन्त्रालयलाई चिन्ता

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा समुदायमा कोरोना संक्रमण फैलिए नियन्त्रण गर्न नसकिने बताएको छ।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा समुदायमा कोरोना संक्रमण फैलिए नियन्त्रण गर्न नसकिने बताएको छ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले आज आइतबारको नियमित प्रेस ब्रिफिङमा उपत्यकामा संक्रमण बढ्दै जाँदा चिन्ता थपिएको भन्दै समुदायमा संक्रमण फैलन नदिन सहयोग गर्न आग्रह गरे।

जनस्वास्थ्यको मापदण्ड नमान्दा संक्रमण फैलन सहयोग पुगेको उनको तर्क छ। काठमाडौं उपत्यकामा आज आइतबार १६६ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंका १२६ जना, ललितपुरका १२ जना र भक्तपुरका २८ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको कुल संख्या ३ हजार २४२ पुगेको छ।

प्रकाशित: Aug 23, 2020| 17:37 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।