बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिम : दुई जिल्लाका थप ४२ जनामा कोरोना संक्रमण

सुदूरपश्चिम : दुई जिल्लाका थप ४२ जनामा कोरोना संक्रमण

धनगढीस्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिम प्रदेशका दुई जिल्लाका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

धनगढी– धनगढीस्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा भएको परीक्षणमा सुदूरपश्चिम प्रदेशका दुई जिल्लाका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा चार सय जनाको नमुना परीक्षणमा कैलालीका ३२ र कञ्चनपुरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार कैलालीको गोदावरी नगरपालिकाका पाँच महिला र १० पुरुष, धनगढी उप–महानगरपालिकाका चार महिला र चार पुरुष, घोडाघोडी नगरपालिकाका तीन पुरुष, भजनी नगरपालिकाका एक महिला र तीन पुरुष, जोशीपुर गाउँपालिकाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

कञ्चनपुरको पुर्नवास नगरपालिकाका दुई महिला र चार पुरुष, कृष्णपुर नगरपालिकाका एक महिला र एक पुरुष तथा स्थानीय तह नखुलेका थप दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

प्रकाशित: Aug 23, 2020| 17:30 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।