सुर्खेत- जाजरकोटको सदरमुकाम खलंगामा भोलि (सोमबार) देखि निषेधाज्ञा लागू हुने भएको छ।
कोरोना संकट व्यवस्थापन समितिको बैठकले सोमबार राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो।
कोरोना संक्रमण बढेको भन्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू गर्न लागेको हो।
खलंगामा आज (आइतबार) मात्रै १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
रुकुमको चौरजहारी प्रयोगशालामा २० जनामा परीक्षण गर्दा १९ जनाको संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटका कोरोना फोकल पर्शन कृष्ण खत्रीले जानकारी दिए।
सुरक्षाकर्मी, कर्मचारी र समुदायका केही व्यक्तिमा संक्रमण देखिएपछि निषेधाज्ञा लगाउने निर्णय गरिएको खत्रीले जानकारी दिए।
