काठमाडाैं- पछिल्लो २४ घण्टामा मुलुकका ४१ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन् भने ३६ जिल्लामा कोरोना भाइरसबाट संक्रमित देखिएका छैनन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भोजपुर, धनकुटा, इलाम खोटाङ, ओखलढुंगामा पछिल्लो २४ घण्टामा संक्रमित भेटिएनन्।
यस्तै सोलुखुम्बु, ताप्लेजुङ, तेह्रथुम र उदयपुरमा पनि संक्रमित नदेखिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार नुवाकोट, सिन्धुपाल्चोक, चितवन र बाग्लुङमा पनि आज संक्रमित भेटिएका छैनन्।
पछिल्लो २४ घण्टामा संक्रमित नदेखिएका जिल्लामा लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, पर्वत, स्याङ्जा, तनहुँ र गुल्मी छन्। यस्तै दाङमा पनि आज संक्रमित भेटिएका छैनन् भने सल्यान, डोल्पा, हुम्ला, कालिकोट र मुगुमा पनि संक्रमित देखिएनन्।
पीसीआर परीक्षणका क्रममा मुगु, सुर्खेत, दैलेख, जाजरकोट र कैलाली, डोटी, बाजुरा, कञ्चनपुरमा पनि संक्रमित देखिएनन्।
यी हुन् आज कोरोना संक्रमित थपिएका ४१ जिल्ला
पछिल्लो २४ घण्टामा झापामा १० जना संक्रमित थपिएका छन्। यस्तै मोरङमा ५० र सुनसरीमा ९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सप्तरीमा चार, सिरहामा १४, धनुषामा ६० र महोत्तरीमा ३४ जना संक्रमित थपिएका छन्।
यस्तै सर्लाहीमा ९१, बारामा १३९, पर्साा ३९ र रौतहटमा नौ जना संक्रमित थपिएका छन्।
सिन्धुलीमा एक, रामेछापमा दुई, दोलखामा ६ र भक्तपुरमा २८ जनामा संक्रमित थपिएका छन्।
धादिङमा एक, काठमाडौंमा १२६, काभ्रेमा २७, ललितपुरमा १२ जना संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ।
नुवाकोटमा एक, मकवानपुरमा एक, गोरखामा दुई, कास्कीमा पाँच, पूर्वी नवलपरासीमा ६ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए।
कपिलवस्तुमा ११, पश्चिम नवलपरासीमा ३० र रूपन्देहीमा २८ जना थपिएका छन्। अर्घाखाँचीमा १२ जना संक्रमित थपिएका छन्।
यस्तै पाल्पामा एक, प्यूठानमा एक, रोल्पामा एक र पूर्वी रुकुममा एक जना संक्रमित थपिएका छन्।
बाँकेमा ११ जना थपिएका छन् भने बर्दियामा थप दुई जनामा कोरोना संक्रमित थपिएका छन्। पश्चिम रुकुममा आइतबार ६ जना संक्रमित थपिए।
यस्तै जुम्लामा दुई, अछाममा २३, बझाङमा तीन, डडेल्धुरामा दुई, बैतडीमा एक र दार्चुलामा एक जनामा संक्रमण भएको मन्त्रालयले जनाएको छ।
