बिहीबार, भदौ ११, २०८३

काठमाडौंमा आज पनि सयभन्दा बढी संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज आइतबार १६६ जना कोरोना संक्रमित थपिएका छन्।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

काठमाडौं– काठमाडौं उपत्यकामा आज आइतबार १६६ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १२६ जना, ललितपुरका १२ जना र भक्तपुरका २८ जनामा संक्रमण पुष्टि भएको हो।

केही दिनयता काठमाडौंमा उपत्यकामा दैनिक सय जनाभन्दा बढी संक्रमित थपिइरहेका छन्।

हिजो शनिबार काठमाडौंका १६० जना, ललितपुरका ६ जना र भक्तपुरका ५० जनामा संक्रमण पुष्टि भएको थियो।

त्यसैगरी अस्ति शुक्रबार काठमाडौंका १४२ जना, ललितपुरका २५ जना र भक्तपुरका १५ जना गरी १८२ जनामा संक्रमण पुष्टि भएको थियो।

बिहीबार काठमाडौंका १७४ जना, ललितपुरका १८ जना र भक्तपुरका ८ जना गरी २०० जना संक्रमित थपिएका थिए।

बुधबार काठमाडौंका १३४ जना, ललितपुरका १७ जना र भक्तपुरका ८ जनामा संक्रमण पुष्टि भएको थियो।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको कुल संख्या ३ हजार २४२ पुगेको छ। यीमध्ये काठमाडौंका २ हजार ४९०, ललितपुरका ४२४ जना र भक्तपुरका २५० जना छन्।

 

प्रकाशित: Aug 23, 2020| 16:21 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।