धनगढी- कैलाली र कञ्चनपुरमा थप ४२ जनालाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका संक्रमितमध्ये कैलालीका ३२ र कञ्चनपुरमा १० जना छन्। अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परीक्षणमा उनीहरुलाई संक्रमण पुष्टि भएको हो।
प्रयोगशालामा पछिल्लो २४ घन्टामा ४०० जनाको कोरोना परीक्षण गरिएको विज्ञप्तिमा उल्लेख छ।
