विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७० जना कोरोना संक्रमित थपिएका छन् । थपिएकामा २७ महिला र ४३ पुरुष छन् ।
आइतबार मोरङमा ५०, झापामा १०, सुनसरीमा ९ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ४२ जनामा संक्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्ये १८ महिला र २४ पुरुष छन् ।
मोरङको बुढीगंगामा ४ महिला १ पुरुष, केराबारीमा २ र स्थानीय तह नखुलेका १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार झापाको कमल गाउँपालिकामा १ महिला २ पुरुष, झापा गाउँपालिकामा १ पुरुष, विर्तामोडमा २ महिला, कनकाईमा १ महिला, गौरादहमा २ पुरुष र स्थानीय तह नखुलेका १ पुरुष, सुनसरीको इटहरीका १ महिला ८ पुरुष र धनुषाका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ६५९ पुगेको छ ।
प्रदेश १ मा आइतबार २५ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आइसोलेसन केन्द्र रंगेलीबाट २२ र कोभिड १९ आइसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट ३ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार २६७ पुगेको छ ।
प्रदेश १ मा आइतबार ८०५ पीसीआर परीक्षण भएको छ । हाल सम्म ७७ हजार १ सय ५६ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।