सुर्खेत– चलचित्रका नायक पल शाहले कालीकोटका बाढीपीडितलाई राहत वितरण गरेका छन्।
पल शाह प्रतिष्ठान, हाम्रो टिम नेपाल र सुर्खेतमा क्रियाशील मोटे ग्याङ नेपालले राहत वितरण गरेका हुन्।
नरहरिनाथ गाउँपालिकाका ४० घरपरिवार बाढीपीडितलाई पाँच लाख बराबरको खाद्यान्न, डस्ना, सिरक, कम्मल, दाल, नुन, तेल, म्याट वितरण गरिएको मोटे ग्याङ नेपालका कुमारशमशेर थापाले जानकारी दिए।
