बिहीबार, भदौ ११, २०८३

४३ जिल्लामा कोरोना संक्रमितको मृत्यु, कहाँ कति ?

आज (आइतबार) सम्मको आधिकारिक तथ्यांकअनुसार नेपालमा १४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

काठमाडौं– आज (आइतबार) सम्मको आधिकारिक तथ्यांकअनुसार नेपालमा १४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा ४३ जिल्लाका संक्रमित छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा सबैभन्दा धेरै २८ जनाको मृत्यु भएको छ।

मोरङमा १३ जना, काठमाडौंमा १२ जना, धनुषामा ११ जना, बारामा ९ जना, सप्तरीमा ५ जना, बाँकेमा ४ जनाको मृत्यु भएको छ।

त्यसैगरी १० जिल्लामा ३–३ जनाको मृत्यु भएको छ। ती जिल्लाहरुमा कैलाली, सर्लाही, सिरहा, ललितपुर, सिन्धुपाल्चोक, मकवानपुर, चितवन, रौतहट, गुल्मी र सुनसरी छन्।

स्याङ्जा, अर्घाखाँची, सुर्खेत, कास्की अछाम, भक्तपुर, दोलखा, काभ्रे, कपिलवस्तुमा २–२ जनाको मृत्यु भएको छ।

बाँकी १७ जिल्लामा १–१ जनाको मृत्यु भएको छ। ती जिल्लाहरुमा दैलेख, बाजुरा, पाल्पा, डोल्पा, धनगढी, दाङ, म्याग्दी, गोरखा, रुपन्देही, बाग्लुङ, बझाङ, धादिङ, महोत्तरी, नवलपरासी, तनहुँ, बर्दिया र प्युठान छन्।

नेपालमा १ जना चिनियाँ नागरिकको पनि मृत्यु भएको छ। उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको थियो।

नेपालमा कोरोना संक्रमितको मृत्युदर ०.५ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित: Aug 23, 2020| 15:04 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।