बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वीरगन्जमा एकै रेडियोका ५ सञ्चारकर्मीसहित १२० जना संक्रमित थपिए

वीरगन्जमा एकै रेडियोका ५ सञ्चारकर्मीसहित १२० जना संक्रमित थपिए

वीरगन्जको सामुदायिक रेडियो नारायणी एफएमका ५ जना सञ्चारकर्मीसहित पर्सामा एकैदिन १२० जना संक्रमित थपिएका छन्। संक्रमित हुनेमा ८८ जना पुरुष र ३२ महिला छन्।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

पर्सा– वीरगन्जको सामुदायिक रेडियो नारायणी एफएमका ५ जना सञ्चारकर्मीसहित पर्सामा एकैदिन १२० जना संक्रमित थपिएका छन्। संक्रमित हुनेमा ८८ जना पुरुष र ३२ महिला छन्।

नारायणी अस्पतालको पीसीआर ल्याबका अनुसार वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयामा ७ जना, वडा नम्बर ३ को छपकैया बजार टोलमा ३ जना, वडा नम्बर ७ रामटोलमा २ जना, वडा नम्बर ८ पानीटंकी तथा गहवामा ७ जना, वडा नम्बर ९ रानीघाटमा ४ जना संक्रमित थपिएका छन्।

त्यसैगरी वडा नम्बर ११ श्रीपुरमा २ जना, मुर्ली–१२ मा ७ जना, राधेमाई र नयाँटोल वडा नम्बर १३ मा १० जना, वडा नम्बर १४ पिपरा र गण्डकमा १८ जना, वडा नम्बर १५ भिष्वामा ३ जना, नगवा १६ मा १२ जना, हरपतगन्ज वडा नम्बर २० मा ४ जना, वडा नम्बर २६ सुगौलीमा ६ जनामा संक्रमण पुष्टि भएको छ।

जिल्लाको ग्रामीण भेगका गाउँपालिकाहरुमा भने विन्दवासनी गाउँपालिका वडा नम्बर ४ मा ९ जना र पर्सागढी नगरपालिका वडा नम्बर ८ मा ३ जना संक्रमित थपिएको नारायणी अस्पतालले जनाएको छ ।

आज संक्रमितमध्ये पर्सागढी नगरपालिका वडा नम्बर ४ विर्ता, ५ रेश्म कोठी, ६ मेनरोड, १० आदर्शनगर, २२ मनियारी, २४ रामगढवा, २९ वसडिलवा, ३१ बेलवा र जिराभवानी गाउँपालिका वडा नम्बर १, जगरनाथपुर गाउँपालिका ४, विन्धवासनी गाउँपालिका वडा नम्बर ३ र बहुदरमाई नगरपालिकामा एक–एक जना रहेको अस्पतालका चिकित्सक डा. निरज सिंहले जानकारी दिए।

नारायणी अस्प्ताल ल्याबका अनुसार अन्य जिल्लाका ३७ जनासमेत संक्रमित थपिएका छन्।

प्रकाशित: Aug 23, 2020| 14:34 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।