पर्सा- वीरगन्जस्थित सामुदायिक रेडियो नारायणी एफएमका समाचार वाचकसहित ५ जना कोरोना संक्रमित भएका छन्।
कामकै सिलसिलामा ५ जना सञ्चारकर्मी संक्रमित हुन पुगेको नारायणी एफएमका अध्यक्ष गोविन्द देवकोटाले जानकारी दिए।
यसअघि स्टेसन प्रमुख क्रान्ति साह र एकजना प्राविधिक संक्रमित हुन पुगेकोमा कन्ट्याक्ट ट्रेसिङको अधारमा पीसीआर परीक्षण गर्दा ५ जना संक्रमित हुन पुगेका हुन्।
पर्सामा पछिल्लो २४ घण्टामा १५७ जना कोरोना संक्रमित थपिएको नारायणी अस्पतालको पीसीआर ल्याबले जनाएको छ।
