काठमाडौं– गण्डकी प्रदेशमा थप नौ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नवलपरासीपूर्वमा ६ जना, गोरखामा एक जना र कास्कीमा दुई जना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
योसहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार ८७९ पुगेको छ। संक्रमित एक जना पोखरा महानगरपालिका–१६ का ट्याक्सी चालक छन्।
यसैगरी गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या एक हजार ६११ पुगको छ। यो प्रदेशमा कुल संक्रमितको ८५.७३ प्रतिशत हो।
