काठमाडौं– रौतहटमा बाग्मती नदीमा डुबेर तीन बालिका बेपत्ता भएका छन्।
नदीमा नुहाउन गएका गढिमाई नगरपालिका ७, धरमपुर टोलका भदै मुखियाकी छोरी १० वर्षीया पिंकुकुमारी, लक्ष्मण दासकी छोरी १२ वर्षीया सुशीताकुमारी र छट्टु मुखियाकी १० वर्षीया चञ्चलकुमारी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए।
उनीहरु बिहान १० बजे खोलामा नुहाउन गएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए।
नदीमा हराइरहेका बालिकाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले खोजी गरिरहेको प्रहरीले जनाएको छ।
