बिहीबार, भदौ ११, २०८३

कोरोना संक्रमित दुई थुनुवा अस्पतालबाटै फरार

कोरोना संक्रमण भएपछि उपचार गराइरहेका दुई थुनुवा वीरगन्जको कोरोना अस्थायी विशेष अस्पतालबाट फरार भएका छन्।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

काठमाडौं– कोरोना संक्रमण भएपछि उपचार गराइरहेका दुई थुनुवा वीरगन्जको कोरोना अस्थायी विशेष अस्पतालबाट फरार भएका छन्।

शनिबार राति अस्थायी कोरोना विशेष हेल्थ केयर अस्पतालमा उपचाररत दुई जना संक्रमित थुनुवा फरार भएको प्रहरीले जनाएको छ। अस्पतालका स्वास्थ्यकर्मी सुरक्षा गार्डको आँखा छल्दै उनीहरु फरार भएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा चलिरहेका दुई जनामा कोरोना देखिएपछि भदौ १ गते अस्पताल भर्ना गरिएको पन्तले बताइन्।

“गम्भीर प्रकृतिको मुद्दाका थुनुवालाई प्रहरीले सुरक्षा दिएरै उपचार गराइरहेको हुन्छ। यिनीहरुको मुद्दा गम्भीरखालको नभएकाले अरु बिरामीसरह नै उपचार भइरहेको थियो,” पन्तले भनिन्, “राति भागेको भन्ने खबर प्रहरीले बिहान मात्र पाएको हो।”

उनले फरार संक्रमित थुनुवाको खोजी भइरहेको जानकारी दिइन्।

प्रकाशित: Aug 23, 2020| 13:22 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।