बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भदौको ६ दिनमै कोरोनाबाट ४२ जनाको मृत्यु, ४ हजार ४५७ संक्रमित

भदौको ६ दिनमै कोरोनाबाट ४२ जनाको मृत्यु, ४ हजार ४५७ संक्रमित

तीव्र रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालमा भदौ लागेपछिको ६ दिनमा ४ हजार ४ सय ५७ जना संक्रमित भएका छन् भने ४२ जनाको मृत्यु भएको छ।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

काठमाडौं- महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपालमा भदाै लागेपछिको ६ दिनमा ४ हजार ४ सय ५७ जना संक्रमित भएका छन् भने ४२ जनाको मृत्यु भएको छ।

पछिल्लो ६ दिनमा एकै दिनमा एक हजारभन्दा धेरै संक्रमित थपिनुका साथै ११ जनासम्मको मृत्यु भएको छ। संक्रमण रोकथामका लागि देशका ४२ जिल्लामा निषेधाज्ञा लगाए पनि संक्रमण दर भने घटेको छैन।

कुन दिन कति संक्रमित थपिए? कतिको मृत्यु भयो?

गते संक्रमित मृत्यु
भदाै १ ५८१
भदाै २ १०१६
भदाै ३ ६८१
भदाै ४ ७०७
भदाै ५ ८३८ ११
भदाै ६ ६३४

भदौ लागेपछि  संक्रमित हुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीको संख्या ह्वात्तै बढेको छ।

अग्रमोर्चामा खटिएका व्यक्तिहरुमै संक्रमण देखिन थालेसँगै यसले भयावह रुप लिने जोखिम बढेको भन्दै विज्ञहरु चिन्तित बनेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार साउन महिनाभरमा ९ हजार ३ सय १६ जना संक्रमित थपिएका थिए भने ६५ जनाको मृत्यु भएको थियो। यस्तै असारमा ११ हजार १ सय ३३ जनामा संक्रमण पुष्टि भएको थियो भने २० जनाको मृत्यु भएको थियो।

जेठमा पाँच हजार नाै सय ६२ जना संक्रमित थपिँदा १९ जनाको मृत्यु भएको थियो। चैत र वैशाखसम्ममा कोरोनाबाट एक जनाको पनि मृत्यु भएको थिएन भने २ सय ४३ जना संक्रमित भएका थिए।

प्रकाशित: Aug 23, 2020| 11:53 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।