बिहीबार, भदौ ११, २०८३

निजी अस्पतालको अपमान नगर्न माग

एशोसियसन अफ प्राईभेट हेल्थ इन्ष्टिच्युसन अफ नेपाल (अफिन) र नेपाल मेडिकल एशोसियसनले अपमानित हुने ढंगबाट निजी अस्पताललाई गरिने व्यवहार तथा चिकित्सकहरुको मनोवल घटाउने व्यवहार तत्काल बन्द गरी सम्मानजनक रुपमा औपचारिक वार्ता गर्ने वातावरण तयार गर्न सरकारसँग आग्रह गरेका छन् ।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

काठमाडौं– एशोसियसन अफ प्राईभेट हेल्थ इन्ष्टिच्युसन अफ नेपाल (अफिन) र नेपाल मेडिकल एशोसियसनले अपमानित हुने ढंगबाट निजी अस्पताललाई गरिने व्यवहार तथा चिकित्सकहरुको मनोवल घटाउने व्यवहार तत्काल बन्द गरी सम्मानजनक रुपमा औपचारिक वार्ता गर्ने वातावरण तयार गर्न सरकारसँग आग्रह गरेका छन् ।

शुक्रबार दुई संस्थाका अध्यक्षद्वय बसन्तकुमार चौधरी र डा. लोचन कार्कीको संयुक्त अध्यक्षतामा बसेको बैठकले राष्ट्रमाथिको समस्या सम्पूर्ण स्वास्थ्य क्षेत्रमा कार्यरत नेपालीहरुको साझा समस्या भएको भन्दै यस्तो भयावह स्थितिमा दुबै संस्था हर प्रकारबाट सरकारसँग सहकार्य गर्न उत्सुक रहेको धारणा व्यक्त गरेको छ ।

यस्तै बैठकले नेपालमा लकडाउन सुरु हुनासाथ स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा निजी अस्पतालहरुले आआफ्नो श्रोत साधन उपलब्ध गराउने प्रतिवद्धता सहितको प्रस्ताव समेत पेश गरेको भए पनि सरोकारवालाहरुबाट निजी अस्पतालहरुसँग सहकार्य गर्न कहिल्यै पहल नभएको आरोप लगाइएको छ ।

बैठकले कोभिड १९ महामारीको यो स्थितिमा अफिन र एशोसियसन बिरामीको उपचारमा दत्तचित्त रहेको भन्दै आफ्नो साधन श्रोतको अधिकतम उपयोग गरि सेवामा सधैं उपस्थित रहने प्रतिवद्धता व्यक्त समेत गरेको छ ।

प्रकाशित: Aug 23, 2020| 11:46 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।