बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार अमानवीय र आपराधिक : साझा पार्टी

स्वास्थ्यकर्मीमाथिको दुर्व्यवहार अमानवीय र आपराधिक : साझा पार्टी

स्वास्थ्यकर्मीमाथि भइरहेको दुर्व्यवहार अमानवीय र अपराधिक क्रियाकलाप भएको साझा पार्टीले जनाएको छ।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

काठमाडौं- स्वास्थ्यकर्मीमाथि भइरहेको दुर्व्यवहार अमानवीय र अपराधिक क्रियाकलाप भएको साझा पार्टीले जनाएको छ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले असामान्य परिस्थितिमा अहोरात्र खटिएका स्वास्थ्यकर्मीको सम्मान गरिनुपर्नेमा उल्टै उनीहरूमाथि सामाजिक विभेद र दुर्व्यवहार हुनु अमानवीय र आपराधिक भएको बताएको हो।

‘अर्को व्यक्तिमाथि कुनै पनि खालको भेदभाव वा दुव्र्यवहार यसै पनि कानूनीरूपमा दण्डनीय कसुर हो,’ साझाले भनेको छ, ‘त्यसमा झन् विपद्को घडीमा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार हुनु दुःखद छ।’

उच्चतम मानवीय संवेदना प्रदर्शन गर्दै चिकित्सकसहित सबै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा अत्यावश्यक सेवा प्रदायकहरूलाई प्रोत्साहन गर्नु हरेक नागरिकको कर्तव्य भएको साझाले बताएको छ।

स्वास्थ्यकर्मी तथा कोरोना संक्रमित व्यक्तिमाथि अनावश्यक आशंकाका आधारमा दुर्व्यवहार र भेदभावजन्य क्रियाकलाप कसैले गरेमा त्यस्ता व्यक्ति वा समूहमाथि तत्काल कानूनी कारबाही गर्न साझा पार्टीले सरकारसँग माग पनि गरेको छ।

प्रकाशित: Aug 23, 2020| 11:37 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।