बिहीबार, कात्तिक २७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिममा ५,३३१ कोरोना संक्रमित, ४,४०० जना डिस्जार्च, नौजनाको मृत्यु

सुदूरपश्चिममा ५,३३१ कोरोना संक्रमित, ४,४०० जना डिस्जार्च, नौजनाको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार तीन सय नाघेको छ।
 |  शनिबार, भदौ ६, २०७७

भीम चौधरी

भीम चौधरी

शनिबार, भदौ ६, २०७७

धनगढी- सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या पाँच हजार तीन सय नाघेको छ।

National life

पछिल्लो २४ घण्टामा प्रदेशमा रहेका विभिन्न प्रयोगशाला र प्रदेशबाहिरको प्रयोगशालामा भएको परीक्षणमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या पाँच हजार तीन सय ३१ पुगेको हो।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा नौ सय एक जनाको परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका दुई जना, लम्कीचुहा नगरपालिकाका सात जना, कैलारी गाउँपालिकाका तीन र भजनी नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ३५ वर्षीय एक जना महिला, वडा नम्बर १ का ५१ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए।

Laxmi sunrise bank
kumari

वडा नम्बर ५ मा कोरोना संक्रमण पुष्टि भएकी महिला र वडा नम्बर १ मा पुष्टि भएका पुरुष शिक्षक हुन्।

डडेल्धुरा प्रयोगशालामा दुई सय ३० जनामा परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका कोरोना परीक्षण प्रयोगशालाका इन्चार्ज ईश्वरीप्रसाद भुसालले बताए। शनिबार पुष्टि भएका गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का एक जना रहेको उनले बताए।

डोटीस्थित प्रयोगशालामा ३० जनाको परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सुदूरपश्चिम प्रदेशबाहिरको प्रयोगशालामा परीक्षणमा कैलालीका एक जनालाई कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।

संक्रमण पुष्टि भएकामध्ये चार हजार चार सय जनाले कोरोना जितेर घर फर्किएका छन् भने कोरोनाका कारण प्रदेशमा नौ जनाको ज्यान गएको छ।

प्रकाशित: Aug 22, 2020| 18:35 शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।