बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्यकर्मी होस्टेलमा राखेको भन्दै स्थानीयको विरोध

स्वास्थ्यकर्मी होस्टेलमा राखेको भन्दै स्थानीयको विरोध

सिभिल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई बिना जानकारी होस्टेलमा राखेको भन्दै बानेश्वरस्थित मिलनचोकका स्थानीयले आपत्ति जनाएका छन्।
 |  शनिबार, भदौ ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ६, २०७७

काठमाडौं- सिभिल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई बिना जानकारी होस्टेलमा राखेको भन्दै बानेश्वरस्थित मिलनचोकका स्थानीयले आपत्ति जनाएका छन्।

कोरोना महामारीको बेला बिना जानकारी स्वास्थ्यकर्मीलाई होस्टेलमा राखेको भन्दै स्थानीयले होस्टेल घेराउसमेत गरेका छन्।

‘लर्ड बुद्ध बोइज एण्ड गर्ल होस्टल’ ले सिभिल अस्पतालमा कार्यरत डाक्टर, नर्स र स्वास्थ्यकर्मीलाई राखेको थियो।

बिना जानकारी स्वास्थ्यकर्मी होस्टेलमा राखेको भन्दै स्थानीयले गाली गलौजसहित धम्क्याएको सञ्चालक रोहित रानाले बताए।

बलभद्र मार्गका टोल विकास समितिका अध्यक्ष सुर्दशन गौतमको नेतृत्वमा गएको ५०–६० जना स्थानीयको समूहले आफूमाथि दुव्र्यवहारसमेत गरेको रानाले बताए।

रानाले भदौ ४ गतेदेखि ४ जना स्वास्थ्यकर्मीलाई होस्टलमा राखेका थिए। अस्पतालले स्वास्थ्यकर्मीलाई सुरक्षित राख्न घर नगएर होस्टलमै बस्ने व्यवस्था गरेको थियो।

महानगरीय प्रहरी बृत्त नयाँ बानेश्वरका डिएसपी दक्ष बस्नेतले होस्टेल सञ्चालक र स्थानीयबीच सहमति भइसकेको बताए।

‘होस्टेलमा स्वास्थ्यकर्मी राखेको थाहा भए हामीहरु पनि सजगता अपनाउथ्यौँ तर, बिना जानकारी राखेकोमा हाम्रो आपत्ति हो भन्ने स्थानीयको भनाइ थियो’ बस्नेतले भने, दुई पक्षबीच छलफलपछि विवाद टुंगिएको छ।’ सहमतिपछि स्वास्थ्यकर्मी होस्टेलमै बस्ने छन्।

कोरोना महामारी नियन्त्रण तथा रोकथाममा अग्रमोर्चामा रहेर काम गर्ने स्वास्थ्यकर्मीमाथि विभिन्न ठाउँमा दुर्व्यवहार भैरहेको छ।

प्रकाशित: Aug 22, 2020| 18:20 शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।