बिहीबार, भदौ ११, २०८३

नेकपाको कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझायो

नेकपामा जारी विवाद समाधानको खाका बनाउन गठित कार्यदलले प्रतिवेदन बुझाएको छ।
 |  शनिबार, भदौ ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ६, २०७७

काठमाडौं- नेकपामा जारी विवाद समाधानको खाका बनाउन गठित कार्यदलले प्रतिवेदन बुझाएको छ।

कार्यदलले शनिबार दिउँसो अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई आफ्नो प्रतिवेदन बुझाएको हो। नेकपाभित्र लामो समयदेखि जारी विवाद अन्त्यका लागि खाका तयार गर्न गत साउन ३० गते कार्यदल गठन गरिएको थियो।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा रहेको कार्यदलमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल गरी ६ जना सदस्य थिए।

कार्यदलले आज अपराह्न पौने ५ बजे आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

प्रतिवेदनमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनु नपर्ने सुझाव दिइएको छ।

त्यस्तै प्रचण्डलाई दिइएको कार्यकारी अध्यक्षको अधिकार थप व्यवस्थित र व्याख्या गरिएको तथा सरकारका सबै निर्णय पार्टीको सहमितमा हुने सुझाव प्रतिवेदनमा दिइएको छ।

यस्तै चैतमा तोकिएको महाधिवेशन सुनिश्चित हुने गरी तत्काल काम अघि बढाउनेलगायका सुझाव दिइएको बताइएको छ।

प्रकाशित: Aug 22, 2020| 17:35 शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।