विराटनगर- पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय २ जना कोरोना संक्रमित थपिएका छन्। ३७ महिला र ६५ पुरुषमा संक्रमण पुष्टि भएको हो।
मोरङमा ४९, सुनसरीमा ३०, झापाका १६, भोजपुरमा ३ र इलाममा १ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै संक्रमण पुष्टि हुनेमा प्रदेश १ बाहिरका ३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मोरङको विराटनगरमा २० महिला १३ पुरुष, सुनबर्षीमा २ महिला ८ पुरुष, सुन्दरहरैचामा १ महिला १ पुरुष, कटहरीमा २ पुरुष, धनपालथानमा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिला रहेका छन्।
मन्त्रालयका अनुसार सुनसरीको दुहवीमा १२ पुरुष, इटहरीमा ५ महिला ३ पुरुष, धरानमा १ महिला ३ पुरुष, गढीमा १ महिला ३ पुरुष, भोक्राहामा १ पुरुष र स्थानीय तह नखुलेकी एक महिलाको रिपोर्ट पोजेटिभ आएको छ।
झापाको दमकका ३ महिला १३ पुरुष, भोजपुरको अरण गाउँपालिकाका ३ पुरुष, इलामको देउमाईका १ पुरुष र प्रदेश १ बाहिरका २ महिला १ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ५८९ पुगेको छ। प्रदेश १ मा हाल सम्म १ हजार २४३ जना डिस्चार्ज भएका छन्।
