बिहीबार, भदौ ११, २०८३

स्रोत नखुलेको १६ लाख रुपैयाँ बरामद

बारामा प्रहरीले स्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँ बरामद गरेको छ।
 |  शनिबार, भदौ ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ६, २०७७

काठमाडौं- बारामा प्रहरीले स्रोत नखुलेको १६ लाख नेपाली रुपैयाँ बरामद गरेको छ।

शनिबार बिहान महागढीमाई नगरपालिका-७ बेनौलीस्थित सडकबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरी चौकी तेलकुवाको टोलीले मोटरसाइकललाई चेकजाँच गर्न खोज्दा चालक रुपैयाँ भएको झोला फ्याँकेर फरार भएको प्रहरीले जनाएको छ।

जेब्रा झोला खोलेर हेर्दा एक हजारका ७ सय ६२ थान र ५ सय दरका १ हजार ६ सय ७६ थान नोट भेटिएको प्रहरीले जनाएको छ।

मोटरसाइकल चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Aug 22, 2020| 16:55 शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।