बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडाैंमा संक्रमण दर उच्च, ४३ जिल्लामा थपिए कोरोना संक्रमित, कहाँ कति?

काठमाडाैंमा संक्रमण दर उच्च, ४३ जिल्लामा थपिए कोरोना संक्रमित, कहाँ कति?

पछिल्लो २४ घण्टामा मुलुकका ४३ जिल्लामा काेराेना भाइरसका संक्रमित थपिएका छन्।
 |  शनिबार, भदौ ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ६, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा मुलुकका ४३ जिल्लामा काेराेना भाइरसका संक्रमित थपिएका छन्।

सबैभन्दा बढी काठमाडौंमा सबैभन्दा बढी १६० जना कोरोना भाइरस संक्रमित भएका छन्। ललितपुरमा ६ र भक्तपुरमा ५० गरी शनिबार उपत्यकामा संक्रमितकाे संख्या २१६ पुगेकाे छ।

शुक्रबार उपत्यकामा १८२ जना कोरोना संक्रमित थपिएका थिए। बिहीबार  २०० जना र बुधबार १५९ जनामा संक्रमण पुष्टि भएको थियो।

शनिबार प्रदेश १ को मोरङमा ५२ जना, प्रदेश २ को पर्सामा ५९ जना, बागमतीको भक्तपुरमा ५० जना, गण्डकी प्रदेशको कास्कीमा १६ जना, प्रदेश ५ को बाँकेमा २८ जना र सुदूरपश्चिमको कञ्चनपुरमा १४ जना कोरोना संक्रमित भएका छन्।

भोजपुरमा तीन, इलाममा एक, झापामा १७, संखुवासभामा एक र सुनरीमा ३१ जना कोरोना संक्रमित भएका छन्।

प्रदेश २ को सप्तरीमा तीन, सिरहामा ३५, धनुषामा तीन, महोत्तरीमा एक जना संक्रमित थपिएका छन्। सर्लाहीमा एक, बारामा १० र रौतहटमा दईजना संक्रमित भएका छन्।

यस्तै सिन्धुलीमा एक, दोलखामा चार, धादिङमा दुई, काभ्रेमा तीन, ललितपुरमा ६ र नुवाकोटमा दुई जना थपिएका छन्।

चितवनमा २७ र मकवानपुरमा ३२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

गण्डकी प्रदेशको बाग्लुङमा एक, कास्कीमा १६, पूर्वी नवलपरासीमा तीन, स्याङ्रजामा एक र तनहुँमा दुई जना संक्रमित थपिएका छन्।

प्रदेश ५ को कपिलवस्तुमा १५, पश्चिम नवलपरासीमा तीन, रुपन्देहीमा २३, पाल्पामा एक, प्यूठानमा एक, रोल्पामा एक, बर्दियामा सात, सल्यानमा ६ जना संक्रमित थपिएका छन्।

जुम्लामा दुई, सुर्खेतमा दुई जना संक्रमित भएका छन् भने कैलालीमा १४, डोटीमा एक र डडेल्धुरमा एकजनामा कोरोना भाइरस संक्रमण भएको छ।

याेसहित पछिल्लो २४ घण्टामा नेपालमा ६३४ जनामा कोरोना पुष्टि भएको छ। नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ५१९ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। अहिलेसम्म कुल ५ लाख ९२ हजार ४१८ जनाको पीसीआर नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएकाे छ।

मन्त्रालयका अनुसार नेपालमा प्रति दस लाखमा २० हजार ३०१ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा १३६ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या १८ हजार ३५० छ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ।

प्रकाशित: Aug 22, 2020| 16:40 शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।