काठमाडौं- देशभरका आईसीयूमा १३५ जना कोरोना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक जना पनि संक्रमित आईसीयूमा छैनन् भने अन्य सबै प्रदेशका आईसीयूमा कोरोना संक्रमित छन्। सबैभन्दा बढी बागमती प्रदेशमा ५२ जना छन्।
त्यसैगरी बागमती प्रदेशमै १२ जना संक्रमित भेन्टिलेटरमा छन्।
