बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नवलपरासी पश्चिममा भदौ १० गतेसम्म निषेधाज्ञा लम्बियो

नवलपरासी पश्चिममा भदौ १० गतेसम्म निषेधाज्ञा लम्बियो

नवलपरासी पश्चिममा साउन ३१ शनिबार रातिदेखि लागेको निषेधाज्ञा भदौ १० गतेसम्म लम्बिने भएको छ।
 |  शनिबार, भदौ ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ६, २०७७

भैरहवा- नवलपरासी पश्चिममा साउन ३१ शनिबार रातिदेखि लागेको निषेधाज्ञा भदौ १० गतेसम्म लम्बिने भएको छ। नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले भदौ १० गते राति १० बजेसम्म निषेधाज्ञा लम्ब्याइएको जानकारी दिए।

यसअघि परासीमा बसेको जिल्ला सुरक्षा समितिको निर्णय अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ (क) बमोजिम साउन ३१ देखि भदौ ६ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी भएको थियो।

निषेधाज्ञा अवधिमा मानिसहरुको जमघट, भेटघाट, बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेलालगायत सामूहिक छलफल हुने कार्यक्रम नगर्ने, धार्मिक स्थलमा नृत्य तथा पूजाबाहेक अन्य गतिविधि सञ्चालन नगर्ने, चाडपर्वहरु आफ्नै घरभित्र जनस्वास्थ्यको मापदण्ड पूरा गरेर मात्रै मनाउन पाइने छ।

निषेधाज्ञा उल्लंघन गरे प्रचलित कानुन अनुसार कारवाही गर्ने प्रशासन कार्यालयले जारी गरेको आदेशमा उल्लेख छ।

कोरोना संक्रमण दिनहुँ बढेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

प्रकाशित: Aug 22, 2020| 13:20 शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।