बिहीबार, भदौ ११, २०८३

महात्मा गान्धीको चश्मा ३.६ करोडमा लिलाम

ब्रिस्टलको एक लिलामी एजेन्सीले महात्मा गान्धीको चश्मा ३.६ करोड रुपैयाँमा लिलाम गरेको छ।
 |  शनिबार, भदौ ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ६, २०७७

बेलायत, ब्रिस्टलको एक लिलामी एजेन्सीले महात्मा गान्धीको चश्मा ३.६ करोड रुपैयाँमा लिलाम गरेको छ। खरिदकर्ता भने अमेरिकाका एक संंग्रहकर्ता हुन्।

ब्रिस्टल अक्सन्सका अनुसार उसलाई ३ अगस्तमा यो चश्मा कसैले सादा खाममा राखेर पठाएको थियो।

एजेन्सीका एण्ड्र्यू स्टोले उक्त चश्मा करिब २२ लाख रुपैयाँ लिलाम हुने अपेक्षा राखेका थिए।

चश्माका मालिक ब्रिस्टलस्थिल म्यानगोट्सफिल्डका वरिष्ठ नागरिकले लिलामीबाट प्राप्त रकम आफ्नी छोरीलाई पनि दिने बताएका छन्।

गान्धी दक्षिण अफ्रिकामा काम गरिरहँदा यो चश्मा उनलाई उनका काकाले दिएको भनिएको छ। यो सन् १९१० देखि सन् १९३० बीचको अवधि हो।

बीबीसीले चश्माको लिलामी गर्ने ईस्ट ब्रिस्टल अक्सन्सका स्टोलाई उद्धृत गर्दै लेखेको छ, ‘करिब ५० वर्षसम्म यो चश्मा दराजमा यसै राखिएको थियो। बिक्री गर्ने व्यक्तिले यो चश्माले आफूलाई केही फाइदा नभएको र पुरानो सामान किन राखिरहने भन्दै फाल्न चाहेका थिए। अहिले उनलाई यही चश्माले यती ठूलो रकम दिएको छ। जुन रकमले उनको जीन्दगीमै परिवर्तन ल्याउने छ।’

चश्मा बेच्ने व्यक्तिले सन् १९२० को दशकमा उनको परिवारका एक सदस्यले दक्षिण अफ्रिका भ्रमणका क्रममा गान्धीसँग भेट गरेको र त्यसैबेला यो चश्मा प्राप्त भएको बताएका छन्।

लिलाम एजेन्सीका स्टोले चश्मा आफ्नो एजेन्सीमा आइपुगेपछि त्यसबारे अनुसन्धान गरिएको बताएका छन्। उनले भनेका छन्, ‘भनिए अनुसारका सबै तिथि मिति र चश्माको विवरण ठिक थिए।’

उनी अगाडि भन्छन्, ‘संभवतः यो त्यही चश्मा हुनुपर्छ जुन गान्धीले सुरुमा लगाएका थिए।’

प्रकाशित: Aug 22, 2020| 10:58 शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।