बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुई जना कोरोना संक्रमितको मृत्यु, पर्सामा मृतकको संख्या २८ पुग्यो

दुई जना कोरोना संक्रमितको मृत्यु, पर्सामा मृतकको संख्या २८ पुग्यो

पर्सामा १२ घण्टाको अवधिमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
 |  शनिबार, भदौ ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ६, २०७७

पर्सा– पर्सामा १२ घण्टाको अवधिमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

शुक्रबार राति वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का ५८ वर्षीय पुरुष र आज बिहान बहदुरमाई नगरपालिकाका ६१ वर्षीष पुरुषको मृत्यु भएको हो।

शुक्रबार मात्रै उपचारका लागि भर्ना भएका ५८ वर्षीय व्यक्तिमा डायबेटिज र किड्नीको पनि समस्या रहेको चिकित्सक डा. निरज सिंहले बताए।
स्वास्प्रश्वासमा समस्या देखिएपछि भर्ना भएका उनको राति मृत्यु भएको थियो।

त्यसैगरी ६१ वर्षीय पुरुषमा दुई दिन अघिबाट मात्रै खोकी लाग्ने, स्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण देखिएपछि नारायणी अस्थाई कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो।

भेन्टिलेटरमा उपचारको क्रममा उनको मृत्यु भएको चिकित्सक सिंहले जानकारी दिए।

योसँगै पर्सामा कोरोना संक्रमित २८ जना व्यक्तिको मृत्युु भएको छ।

पर्सालगायत आसपास जिल्लाका कोरोना संक्रमितमा गम्भीर लक्षण देखिन थालेको डा. अबुलहैस अंसारीले जानकारी दिए।

प्रकाशित: Aug 22, 2020| 09:02 शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।