बिहीबार, भदौ ११, २०८३

कोरोनाबाट ८ महिनामा ८ लाखको मृत्यु

नेपालमा ५ लाख ७९ हजार ८९९ जनाको पीसीआर परीक्षण गर्दा ३० हजार ४८३ जनामा संक्रमण पाइएको छ।
 |  शनिबार, भदौ ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ६, २०७७

काठमाडौं– करिब ८ महिनाअघि चीनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसले पूरै विश्वलाई आक्रान्त पारेको छ।

२ करोड ३० लाखभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ।

विश्वभर करिब ६२ हजार संक्रमितको स्वास्थ्य अवस्था गम्भीर छ। ६५ लाख ४३ हजारको स्वास्थ्य अवस्था मध्यम छ। १ करोड ५६ लाख भने संक्रमणमुक्त भएका छन्। एक्टिभ केसको संख्या ६६ लाख छ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मृतकको संख्या १ लाख ८० हजार पुग्न लागेको छ। त्यहाँ झन्डै ५९ लाख संक्रमित भएकोमा ३१ लाख भने संक्रमणमुक्त भएका छन्। अमेरिकामा दैनिक करिब ५० हजार संक्रमित थपिइरहेका छन् भने दिनमा झन्डै १ हजार जनाको ज्यान गइरहेको छ।

दोस्रो प्रभावित देश ब्राजिलमा ३५ लाख ३६ हजार संक्रमित हुँदा १ लाख १३ हजारभन्दा बढीको ज्यान गएको छ। त्यहाँ पनि दैनिक हजारौं थपिइरहेका छन् भने सयौंको मृत्यु भइरहेको छ।

तेस्रो नम्बरमा आउँछ छिमेकी देश भारत। भारतमा पनि दैनिक संक्रमण र मृत्यु दुवै बढ्दो छ। भारतमा संक्रमितको संख्या ३० लाख पुग्दै गर्दा मृत्यु हुनेको संख्या करिब ५६ हजार छ।

दैनिक ९ लाखको हाराहारीमा पीसीआर टेस्ट हुँदा भारतमा ५० हजारभन्दा बढी संक्रमित थपिन्छन्। दैनिक १ हजारको हाराहारीमा मृत्यु भइरहेको छ।

नेपालमा ५ लाख ७९ हजार ८९९ जनाको पीसीआर परीक्षण गर्दा ३० हजार ४८३ जनामा संक्रमण पाइएको छ।

यीमध्ये १३७ जनाको मृत्यु भएको छ भने १८ हजार २१४ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या १२ हजार १३२ छ।
तथ्यांक स्रोत : वर्ल्डओमिटर

प्रकाशित: Aug 22, 2020| 07:02 शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।