काठमाडौं– विदेशमा कार्यरत नेपालीहरुले परिवारका लागि पठाएको पैसा भुक्तानीको व्यवस्था मिलाउन नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीलाई निर्देशन दिएको छ।
रेमिट्यान्स भुक्तानी नपाउँदा घरव्यवहार चलाउन पनि अप्ठ्यारो पर्ने भन्दै राष्ट्र बैंकले स्थानीय प्रशासनको निषेधाज्ञा लगायतका आदेशको परिपालना हुने गरी आदेश अवधिभर विप्रेषण सम्बन्धी वित्तीय सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।
विदेशी विनिमय व्यवस्थापन विभागले स्थानीय प्रशासनसँग समन्वय गरी कर्मचारीलाई आलोपालो गरी निश्चित समयका लागि रेमिट्यान्स काउन्टर खोल्न भनेको छ ।
निर्देशनमा स्वास्थ्य सुरक्षा मापदण्ड कायम गरेर काउन्टर खोल्न र बैंक तथा वित्तीय संस्थासँग समन्वय गरी रेमिट्यान्स फण्ड ट्रान्सफर तथा विदेशी मुद्रा सटही गर्न भनेको छ ।
यसैगरी सम्भव भएसम्म विप्रेषण भुक्तानी बैंकमार्फत हुने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
