बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्पेनिस फ्लूभन्दा कोरोना चाँडो नियन्त्रणमा आउने डब्लुएचओको अपेक्षा

स्पेनिस फ्लूभन्दा कोरोना चाँडो नियन्त्रणमा आउने डब्लुएचओको अपेक्षा

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दुई वर्षभित्र विश्वले कोरोना भाइरसबाट उत्पन्न महामारीबाट पार पाउन सक्ने आशा व्यक्त गरेको छ।
 |  शनिबार, भदौ ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ६, २०७७

काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दुई वर्षभित्र विश्वले कोरोना भाइरसबाट उत्पन्न महामारीबाट पार पाउन सक्ने आशा व्यक्त गरेको छ। कोरोना महामारी सुरु भएको करिब ८ महिना बितिसकेको छ।

डब्लुएचओका निर्देशकले भनेका छन्, ‘१९१८ को स्पेनिस फ्लूको तुलनामा कोरोना महामारीलाई चाँडो नियन्त्रण गर्न सकिन्छ।’

ग्लोबलाइजेसन तथा विश्वभर बढेको मानिसको आवतजावतका कारण कोरोना भाइरस तीव्र गतिमा फैलिएको उनको भनाइ छ। यद्यपि, विज्ञान तथा स्वास्थ्य क्षेत्रमा भएको प्रगतिका कारण स्पेनिस फ्लूको तुलनामा कोरोना महामारी चाँडै नियन्त्रणमा आउने डब्लुएचओ निर्देशकको तर्क छ।

सन् १९१८ को फेब्रुअरीदेखि १९२० अप्रिल सम्मको दुई वर्षभन्दा बढी अवधि चलेको स्पेनिस फ्लू महामारीबाट विश्वभर करिब २ करोड मानिसको ज्यान गएको थियो।

 

प्रकाशित: Aug 22, 2020| 06:00 शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।