धनगढी- कैलालीको टीकापुरबाट प्रहरीले १६ लाख ८९ हजार ६ सय रुपैयाँ बराबरको विभिन्न कम्पनीको मोबाइल डिस्प्ले फोल्डरहरुसहित भारतीयलाई पक्राउ गरेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान (आरआईटी) र इलाका प्रहरी कार्यालय, टीकापुरको संयुक्त प्रहरी टोलीले टीकापुर नगरपालिका–१, डेरा गरी बस्ने भारतको उत्तर प्रदेशस्थित लखिमपुर जिल्लाको खिरी तिकुनिया ग्राम पञ्चायतका ३४ वर्षीय भारतीय नागरिक चाँद अलीलाई पक्राउ गरेको हो।
उनको कोठाबाट विभिन्न कम्पनीका एक हजार २६७ थान मोबाइल डिस्प्ले फोल्डरहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ।
पक्राउ परेका अली र बरामद सामान मुल भन्सार कार्यालय, सत्तीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले बताए।
