बिहीबार, भदौ ११, २०८३

पर्सामा थप एक कोरोना संक्रमितको मृत्यु

पर्साको अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरमा उपचाररत कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ।
 |  शुक्रबार, भदौ ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ५, २०७७

पर्सा- पर्साको अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरमा उपचाररत कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ। यससँगै पर्सामा ज्यान गुमाउनेको कोरोना संक्रमितको संख्या २६ पुगेको छ।

कोरोना संक्रमण देखिएपछि गत साउन ३२ हेल्थ केयरमा भर्ना भएका वीरगन्ज महानगरपालिका९, रानीघाटका ४८ वर्षीय महेन्द्रप्रसाद शंकरको उपचारको क्रममा मृत्यु भएको हो।

नारायणी अस्पतालका चिकित्सक डा. निरज सिंहले ती पुरुषको शरीरमा अक्सिजन कमी भएर मृत्यु भएको बताए। ती पुरुषलाई आईसीयुमा राखेर भेन्टिलेटरबाट अक्सिजन दिइए पनि फोक्सोले पर्याप्त अक्सिजन लिन नसकेको उनको भनाइ छ। उनका अनुसार ती पुरुष मुटुसम्बन्धी रोग तथा रक्त चापका बिरामी थिए।

आज बिहान मात्रै रौतहटका निजामुदिन अन्सारीको उपचारको क्रममा मृत्यु भएको थियो। उनमा ज्वरो, रूघाखोकी, झाडापखाला, श्वासप्रश्वासलगायत समस्या रहेको बताइएको छ।

प्रकाशित: Aug 21, 2020| 20:55 शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।