बिहीबार, भदौ ११, २०८३

विराटनगर महानगरपालिकाद्वारा पीसीआर मेसिन खरिद

कोरोना संक्रमणको दर दैनिकरुपमा बढ्दै गएपछि विराटनगर महानगरपालिकाले कोरोना परीक्षणका लागि पीसीआर मेसिन खरिद गरेको छ।
 |  शुक्रबार, भदौ ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ५, २०७७

विराटनगर– गत साउन २६ गते विराटनगर महानगरका प्रमुख भीम पराजुलीले फेसबुकमा एक स्टाटस पोस्ट गरे– पीसीआरको रिपोर्ट चाडो गराइदिनु पर्याे भनेर क–कसको चाकडी गर्नु पर्ने ? हरेक कुरामा असहयोग, यो त अति भो?

उनको स्टाटस भाइरल बन्यो। पीसीआर परीक्षणमा प्रदेश सरकारले असहयोग गरेको उनले संकेत गरेका थिए।

संक्रमणको दर उच्च दरमा बढिरहँदा पीसीआर रिपोर्ट ढिलो आएको र कोरोना परीक्षण अपेक्षाकृत नभएको भन्दै महानगरमाथि जनस्तरबाट दबाब बढेपछि प्रमुख पराजुलीले आफ्नै ल्याब सञ्चालन गर्ने निश्कर्षमा पुगेका थिए।

कोरोना संक्रमणको दर दैनिकरुपमा बढ्दै गएपछि विराटनगर महानगरपालिकाले कोरोना परीक्षणका लागि पीसीआर मेसिन खरिद गरेको छ।

संक्रमितको सम्पर्कमा आएका सबैको कोरोना परीक्षण हुन नसकेको र रिपोर्ट आउन ढिलो भएको भन्दै महानगरपालिकाले सहयोग जुटाएर पीसीआर मेसिन खरिद गरेको महानगर प्रमुख पराजुलीले बताए। परीक्षण कम हुँदा संक्रमितको सम्पर्कमा आएका ५० प्रतिशत व्यक्तिहरुको पनि कन्ट्याक ट्रेसिङ गर्न नसकिएको उनले बताए।

महानगरले पीसीआर मेसिन खरिद गर्नका लागि सहयोग संकलन सुरु गरेपछि ६० लाख रुपैयाँको प्रतिबद्धता आइसकेको उनले बताए। प्रमुख पराजुलीले पाँच लाख रुपैयाँ जम्मा गरेका छन्। उनले भने, “३० लाख जम्मा भइसकेको छ।”

कोशी अस्पताल, विराटनगरको प्रयोगशालामा स्थापना गर्ने गरि खरिद गरिएको पीसीआर मेसिन दुई/तीन दिनभित्रमा सञ्चालनमा आउने प्रमुख पराजुलीले बताए।

महानगरको आफ्नै ल्याब भएपछि परीक्षण दर बढ्ने र रिपोर्ट छिटो आउने उनले बताए। ल्याब व्यवस्थापनका लागि महानगरपालिकाले २५ लाख रुपैयाँ कोशी अस्पताललाई उपलब्ध गराएको छ ।

पीसीआरका लागि सामाजिक विकासमन्त्री जीवन घिमिरेले एक लाख, प्रदेशसभा सदस्य केदार कार्कीले एक लाख, उद्योग बाणिज्य महासंघ प्रदेश १ का बरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले सात लाख, उद्योगी तुलसीराम अग्रवालले पाँच लाख, गोल्छा हाउसले पाँच लाख, उद्योग संगठन मोरङले १४ लाख र मोरङ व्यापार संघले १०, उद्योगी अविनाश बोहोराले दुई लाख र अरुण न्यौपानेले एक लाख जम्मा गर्ने प्रतिबद्धता जनाइसकेका छन्।

प्रकाशित: Aug 21, 2020| 20:03 शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।