बिहीबार, भदौ ११, २०८३

कालीकोटमा आज राति १२ बजेदेखि १० गतेसम्म निषेधाज्ञा

कालीकोटमा आज राति १२ बजेदेखि १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ।
 |  शुक्रबार, भदौ ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ५, २०७७

काठमाडौं- कालीकोटमा आज राति १२ बजेदेखि १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, कालीकोटले जिल्लामा पुनः संक्रमण देखिन थालेको र बढ्ने अवस्था रहेकाले यसको रोकथाम तथा नियन्त्रण आवश्यक देखिएको भन्दै संक्रमण रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३)बमोजिम निषेधाज्ञा जारी गरेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले शुक्रबार आदेशमार्फत निषेधाज्ञा जारी गरिएको जनाएका छन्। निषेधाज्ञा अवधिभर निषेध गरिएका गतिविधिहरु गरे प्रचलित कानुनबमोजिम कारवाही हुने आदेशमा उल्लेख छ।

बिहान ७-९ र साँझ ५-७ बजेसम्म खाद्य सामग्री किनमेलका लागि समय छुट्याइएको प्रशासन कार्यालयले जनाएको छ।

प्रकाशित: Aug 21, 2020| 19:15 शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।