बिहीबार, भदौ ११, २०८३

दुबईमा अलपत्र नेपाली ल्याउन आइतबार उडान हुने

दुबईमा अलपत्र भएका २३५ नेपालीलाई ल्याउन नेपाल एयरलाइन्सले आइतबार काठमाडौं–दुबई उडान गर्ने भएको छ।
 |  शुक्रबार, भदौ ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ५, २०७७

काठमाडौं– दुबईमा अलपत्र भएका २३५ नेपालीलाई ल्याउन नेपाल एयरलाइन्सले आइतबार काठमाडौं–दुबई उडान गर्ने भएको छ।

आइतबार बिहान ७ः३० मा काठमाडौंबाट जहाजले उडान गर्नेछ।

जहाज सोही दिन दिउँसो ४ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ।

उडानमा कोभिड–१९ नेगेटिभ रिपोर्टसहित यात्रा गर्न पनि निगमले अनुरोध गरेको छ।

यसअघि टिकट काटिसकेका यात्रुलाई छोडेर २ भदौमा नेपाल एयरलाइन्सको जहाज रित्तै काठमाडौं फर्किएको थियो।

तय भइसकेको उक्त उडान काठमाडौंमा क्वारेन्टिनको व्यवस्थापन नभएको भन्दै अन्तिम समयमा सरकारले स्थगित गरेको थियो।

जहाज रित्तै फर्केपछि सम्बन्धित निकायको चौतर्फी आलोचना भएको थियो।

 

प्रकाशित: Aug 21, 2020| 18:46 शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।