काठमाडौं- सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बल (एपीएफ) का ३४ जना खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
सीमा सुरक्षाबाट काठमाडौं फर्किएका खेलाडीहरुमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो।
एपीएफका प्रवक्ता डिआईजी राजु अर्यालले शुक्रबार उपत्यकामा एपीएफका ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। उनले त्यसमध्ये अधिकांश खेलाडीहरु रहेको बताए।
सीमा सुरक्षाबाट फर्केका खेलाडीलाई काठमाडौंको कीर्तिपुर र भक्तपुरको दुवाकोटस्थित क्वारेन्टिनमा राखिएको छ। कीर्तिपरमा १८ र दुवाकोटमा १६ जनालाई पोटेभिज देखिएको अर्यालले जानकारी दिए।
यसअघि पनि दुईजना खेलाडीमा कोरोना पोजेटिभ देखिएको थियो। अर्यालका अनुसार एपीएफमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या ३ सय ७८ पुगेको छ। जसमध्ये २ सय २४ उपचारार्थ छन् भने १ सय ५४ निको भएर काममा फर्किसकेका छन्।
