काठमाडाैं- पछिल्लो २४ घण्टामा मुलुकका ५० जिल्लामा कोरोना संक्रमित थपिएका छन्।
सबैभन्दा बढी काठमाडौंमा १४२ जनामा कोरोना संक्रमण भएको छ भने त्यसपछि कैलालीमा ८५ जना थपिएका छन्।
यस्तै पर्सामा ८० जना, जुम्लामा ५३ जना र मोरङमा ४५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार इलाममा चार र झापमा सातजना संक्रमित थपिएका छन्। यस्तै पाँचथर र ताप्लेजुङमा एकएक जनामा संक्रमण भएको छ।
सुनसरीमा थप २९ जना र उदयपुरमा दुई जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए।
प्रदेश २ को महोत्तरीमा आज संक्रमितको संख्या थपिएको छैन। सप्तरीमा पाँच, सिरहामा १६, धनुषामा तीन, सर्लाहीमा २४, बारामा ४० र रौतटहमा ११ जना थपिएका छन्।
यसैगरी सिन्धुलीमा आठ, दोलखामा एक, भक्तपुरमा १५, धादिङमा एक र काठमाडौंमा १४२ जना कोरोना संक्रमित थपिएका छन्। ललितपुरमा पछिल्लो २४ घण्टामा २५ जनामा संक्रमण भएको छ भने नुवाकोटमा दुई तथा रसुवामा एकजना थपिएका छन्।
चितवनमा २३ र मकवानपुरमा ३२ जनामा संक्रमण भएको छ।
बागलुङमा तीन, कास्कीमा एक, मनाङमा दुई नवलपरासी पूर्वमा १९ र स्याङ्जामा एक जना कोरोना संक्रमित थपिएका छन्।
कपिलवस्तुमा दुई, रूपन्देहीमा १७, अर्घाखाँची, गुल्मी, पाल्पा र रोल्पामा एकएक जनामा संक्रमण भएकाे मन्त्रालयको विवरणमा उल्लेख छ।
दाङमा चार, प्यूठानमा ६, बाँकेमा २० र बर्दियामा ६ जनामा संक्रमण भएको छ।
पश्चिम रुकुममा तीन, जुम्लामा ५३, कालिकोट र दैलेखमा एकएक जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। अछाममा ३८, डोटीमा ३४, कञ्चनपुरमा १४, डडेल्धुरमा दुई र बैतडीमा थप तीन जनामा कोरोना भाइरस संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
