बिहीबार, भदौ ११, २०८३

थप ८३८ जनामा संक्रमण, २५० जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा थप ८३८ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ।
 |  शुक्रबार, भदौ ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ५, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप ८३८ जनामा कोरोना पुष्टि भएको छ। योसहित नेपालमा कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ।

नेपालमा हाल १२ हजार १३२ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये संस्थागत आइसोलेसनमा ८ हजार ५४६ जना रहेका छन् भने होम आइसोलेसनमा ३ हजार ५८६ जना छन्।

आजको १३ हजार ५७९ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। हालसम्म नेपालमा जम्मा ५ लाख ७९ हजार ८९९ जनाका पीसीआर नमुना परीक्षण गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल विभिन्न क्वारेन्टिनमा १२ हजार २३४ रहेका छन्।

पछिल्लो २४ घण्टामा २५० जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार २१४ छ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ।

प्रकाशित: Aug 21, 2020| 16:25 शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।