बिहीबार, भदौ ११, २०८३

काठमाडौं उपत्यकामा १८२ संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज (शुक्रबार) १८२ जना कोरोना संक्रमित थपिएका छन्।
 |  शुक्रबार, भदौ ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ५, २०७७

काठमाडौं- काठमाडौं उपत्यकामा आज (शुक्रबार) १८२ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १४२ जना, ललितपुरका २५ जना र भक्तपुरका १५ जनामा संक्रमण पुष्टि भएको हो।

केही दिनयता काठमाडौंमा उपत्यकामा दैनिक सय जनाभन्दा बढी संक्रमित थपिइरहेका छन्।

हिजो बिहीबार काठमाडौंका १७४ जना, ललितपुरका १८ जना र भक्तपुरका ८ जना गरी २०० जना संक्रमित थपिएका थिए।

त्यसैगरी अस्ति बुधबार काठमाडौंका १३४ जना, ललितपुरका १७ जना र भक्तपुरका ८ जनामा संक्रमण पुष्टि भएको थियो।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २ हजार ८६० पुगेको छ। यीमध्ये काठमाडौंका २ हजार २०४, ललितपुरका ४०१ र भक्तपुरका १९२ जना छन्।

प्रकाशित: Aug 21, 2020| 16:20 शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।