महेन्द्रनगर- अछामको बयालपाटा अस्पतालका १९ जना स्वास्थयकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा वयालपाटा अस्पतालका १९ जना स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर बिकाश गौचनले जानकारी दिए।
'बयालपाटा अस्पतालका विभिन्न बिभागमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना भाईरसको संक्रमण देखिएको छ। तीमध्ये पाँच जना अस्पतालकै प्रयोगशालामा कार्यरत हुन्, ' डाक्टर गौचनले भने।
यसअघि अस्पतालका दुई जनामा संक्रमण पुष्टि भएपछि अस्पतालमा आकस्मिक बाहेका सेवा बन्द गरिएको थियो।
