बिहीबार, भदौ ११, २०८३

रामारोशनका बाढी पीडितलाई विनय रावलको सहयोग

अछामको रामारोशनका बाढी पीडितलाई काठमाडौं निवासी विनय रावलले नगद सहयोग गरेका छन्।
 |  शुक्रबार, भदौ ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ५, २०७७

काठमाडौं- अछामको रामारोशनका बाढी पीडितलाई काठमाडौं निवासी विनय रावलले नगद सहयोग गरेका छन्।

उनले बाढी पीडितलाई तत्काल किरिया खर्चका लागि भन्दै १ लाख रुपैयाँ नगद सहयोग प्रदान गरेका हुन्।

‘एक रातको बाढीले ठूलो जनधनको क्षति भएको छ, तत्काल मृतकको परिवारलाई किरिया खर्चका लागि सहयोग गरेको हुँ’ रावलले भने, ‘थप सहयोगका लागि विभिन्न व्यक्ति तथा सस्थासँग समन्वय भैरहेको छ।’

रावलले उक्त रकम नेविसंघ अछामका नेता दिनेशकुमार स्वारमार्फत् अछाम पठाएका हुन्। स्वारले उक्त रकम शुक्रबार नै नेपाली कांग्रेस अछामका सभापति भरतकुमार स्वारको खातामा जम्मा गरिएको जानकारी दिए।

विनय पूर्व गर्भनर डाक्टर तिलक रावलका छोरा हुन्। उनले केही दिनभित्रै बाढी पीडितका लागि आवश्यक सामग्री पनि सहयोग गर्ने बताए।

भदौ २ गते राति रामारोशन गाउँपालिका-५ स्थित कैलाश खोलामा आएको बाढीले सैनीबजार बगाउँदा १७ जना वेपत्ता पारेको थियो।

जसमध्ये ६ जनाको मात्र शव भेटिएको छ भने ११ जना अझैँ वेपत्ता छन्। बाढीले बगाएर ठूलो धनजनको क्षति भएको छ।

प्रकाशित: Aug 21, 2020| 15:56 शुक्रबार, भदौ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।